बिहारमा जितिया पर्वमा नुहाउन नदीमा पसेका ३७ जना बालबालिकासहित ४६ जनाको मृत्यु

२०८१ आश्विन १०, बिहीबार १९:२५

बिहार – भारतको बिहार राज्यमा जितिया पर्वका अवसरमा तलाउ र नदीहरूमा नुहाउने क्रममा डुबेर ४६ जनाको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार तीमध्ये ३७ जना बालबालिका छन् ।

बिहार सरकारको आपदा प्रबन्धन विभागका अनुरार राज्यको अलग अलग जिल्लामा जितिया पर्वको अवसरमा यो दुर्घटना भएको हो । विभागका अनुसार मृतकमध्ये दुई जना पुरुष छन् ।

तलाउमा डुबेर सबैभन्दा धेरै आठ आठ जना औरंगावाद र क्यामुर जिल्लामा मरेका छन् । दक्षिण बिहारका जिल्लाहरूमा साधारणतय तलाउमा पानी कम हुन्छ । तर, विभागका अनुसार यो वर्ष धेरै वर्षा भएकाले तलाउमा पानी धेरै थियो ।

राज्यको रोहतास, अरवल, नालंदा, सीवान र बक्सरसमेत केही अन्य जिल्लामा पनि महिला र बालबालिकाको नुहाउने क्रममा मृत्यु भएको छ ।

सम्बन्धित समाचार