सर्लाही – धनुषामा बलात्कार आरोपमा दुई जना नगर प्रहरी पक्राउ परेका छन्। पक्राउ पर्ने जील्लाको जनकपुरधाम उपमहानगरपालिकाका दुई जना नगर प्रहरीहरु वडा नम्बर १२ घर भएका बब्ब्लु महतो र वडा नम्बर १७ घर भएका बिजेन्द्र राउत रहेका छन्।
बुधबार दिउँसो जनकपुरस्थित घरमै गएर १७ वर्षीया किशोरीलाई उनीहरूले बलात्कार गरेको उजुरीपछि प्रहरीले दुबैलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार बिजेन्द्रलाई ड्युटीमै खटिएकाबेला उपमहानगरको कार्यालय र बब्लुलाई घरबाट प्रहरीले पक्राउ गरेको थियो। घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाईएको धनुषा प्रहरीले जनाएको छ।