सर्लाहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, टिपर चालक प्रहरीको नियन्त्रणमा

२०८१ आश्विन ११, शुक्रबार १८:४७

गोडैता – सर्लाहीमा टिपरले किचेर मोटरसाइकल चालकको मृत्यु भएको छ । जील्लाको हरिवन नगरपालिका-११, बासाटोलमा टिपरले किचेर सोहि नगरपालिका ७ घर भएका दीपक अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज (शुक्रबार) दिउँसो अधिकारि सवार बागमती प्रदेश ०२–०३७ प ४४०१ नम्बरको मोटरसाईकललाई प्रदेश २–०३–००१ क ११३७ नम्वरको टिपरले ठक्कर दिएको हो। टिपरको ठक्करबाट अधिकारिको घटनास्थलमै मृत्यु भएको हो।

ठक्कर दिने ट्रक र ट्रकका चालक जिल्लाकै बागमती नगरपालिका – ४, जिरायतका टेक बहादुर थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले मृतक अधिकारीको शव पोस्टमार्टमका लागि जील्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगिएको छ।

सम्बन्धित समाचार