सर्लाही – रौतहटमा एक जनाले आफ्नै श्रीमतीमाथि मट्टितेल छर्केर आगो लगाई हत्या गरेको घटना बाहिरिएको छ। जील्लाको इशनाथ नगरपालिका – २, औरैयामा स्थानीय २४ वर्षीय रोशन साह सोनारले आफ्नै श्रीमती २२ वर्षीया पिंकी देवीलाई शरीरमा मट्टितेल छर्केर आगो लगाई हत्या गरेका हुन्।
घटना विश्वकर्मा पूजाको दिनको रहेको प्रहरी श्रोतले जनाएको छ। प्रहरीका अनुसार रोशनले खेतमा पानी हाल्ने पम्पको ट्यांकीबाट मट्टितेल झिकेर श्रीमतीलाई आगो लगाएको अनुसन्धानबाट खुलेको छ। पिंकी ८ महिनाकी गर्भवती रहेको स्थानियहरुबाट बुझिएको प्रहरीको भनाई छ।
आगोले पोलेर गम्भीर घाईते भएकी पिंकीलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको र सोहि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको शव अहिले शव खर्च नबुझाएका कारण सोहि अस्पतालमा रहेको छ।
क्रुर तरिकाले श्रीमतीको हत्या गरेका रोसनलाई पक्राउ गरि कर्तव्य ज्यान मुद्दामा कानूनी कारबाही अघि बढाएको जील्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।