सिन्धुलीमा पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिँदा महोत्तरीका एकसहित दुई बिरामीको मृत्यु

२०८१ आश्विन १३, आईतवार १४:००

सर्लाहि – सिन्धुलीमा पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिँदा दुई बिरामीको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-४ घरभ भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सिन्धुलीको सदरमुकामबाट बिरामी बोकेर काठमाडौंतर्फ गएका पाँच एम्बुलेन्समध्ये दुईवटाका बिरामीले उपचारको अभावमा मृत्यु भएको हाे । भुजेललाई बा२१च ७५२३ नम्बरको र सिंजालीलाई ज१च १७०८ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं लगिंदै थियो।

सम्बन्धित समाचार