राजेन्द्र बिश्वकर्मा, गोडैता – गत बिहिबारदेखी शनिबार सांझसम्मको अविरल बर्सातले देशभर ठुलो मात्रामा धनजनको क्ष्यती भयो। यहि बर्सातले सर्लाहीमा पनि क्ष्यती भएको छ। बिशेषगरि जिल्लाका बसबरिया गाउँपालिका, बलरा नगरपालिका, रामनगर गाउँपालिका र कोडैना गाउँपालिकाका बस्तिहरुमा बाढी पसेर क्ष्यति गरेको छ।
बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर कुशवाहाका अनुसार नगरपालिकाका ११ वटा वडाहरुमध्ये ८ वटा ( वडा १,२,३,४,५,९,१०,११) वडाहरुमा बागमती नदीको बाढी पसेर क्ष्यती पुर्याएको छ। नगरप्रमुख कुश्वाहाका अनुसार अवस्था नाजुक रहेको छ। पालिकामा बसोबास गर्ने करिव ८, ९ सय भन्दा बढी परिवार प्रभावित भएका छन् भने १ सय भन्दा बढी घरहरु डुबानमा परेका छन्।
आज (आइतबार) पालिका भित्रका बाढी प्रभावितहरुलाई राहत सामग्रीसमेत बितरण गरिएको नगरप्रमुख कुशवाहाले धड्कन एफ एमसंग बताउनु भयो। ‘घरहरु भित्र जम्मै पानि छ, बस्ने अवस्था छैन, गाउँबस्तिहरुमा हिड्ने बाटाहरु सबै पानि भरिएको छ’ उहाँले भन्नु भयो, प्रभावितहरुलाई हिजो देखि नै नगरपालिकाले बिभिन्न सुरक्षित स्थानहरुमा बसाई सारी सकेको छ। उनीहरुलाई अहिले बिद्यालय, नगरपालिकाका वडा कार्यालयहरुमा लगायत सुरक्षित स्थानहरुमा सारिएको छ।
यस्तै, बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार पालिकाका बागमती नदि तटीय क्षेत्रमा अवस्थित बस्तीहरुमा बाढी पसेर क्ष्यती पुर्याएको छ। यहाँको अवस्था पनि नाजुक रहेको उहाँले धड्कन एफ एमसंगको कुराकानीमा बताउनु भयो। किसानहरुका उखु, धानसहित कयौंका घरहरु बाढीले बगाएको उहाँले बताउनु भयो।
‘अहिले सामान्य राहत सामग्री दिएर मात्र नहुने र हाम्ले निरन्तर रुपमा बिबरणहरु संकलन गरिरहेका छौ, केहि दिनमा राहत दिने र घरहरु बाढीले बगाएको कारण उक्त घरहरु बनाउने पनि आफूहरु छलफलमा रहेको उहाँले बताउनु भयो। बिशेष गरि बसबरियास्थित वडा नम्बर ६ मानपुरसहित यस गाउँपालिका भित्रमा बागमती नदीका चार वटा बाँधहरु भत्किएर बाढी बस्तिहरुमा पसेको हो।
यस्तै, रामनगर गाउँपालिकामा पनि आज (आइतबार) बाढी प्रभावित बस्तिहरुमा अध्यक्ष राजबाबु यादवसहितको टोलि खटिएर प्रभावितहरुको बिबरण संकलन गरेको छ। यस पालिकामा पनि प्राय बस्तिहरुमा बाढी पसेर क्ष्यती पुर्याएको छ। यस पालिकामा पनि मनुष्यमारा नदि र बागमती नदीको बाढी पसेर कयौं घरहरु डुबानमा परेका छन्।
शनिबार बसबरियामा बागमती नदीको भत्किएको बाँध तत्कालका लागि सुरक्षा निकायका ठुलो संख्यामा परिचालन गरिएको थियो। फलस्वरूप जील्लामा त्यस्तो कुनै मानबिय क्ष्यती भने भएन। बसबरियाको एकादासी खोलामा फसेका १० जना मानिसहरुको उद्वार पनि गरिएको थियो। यस्तै, बागमती नगरपालिका–९ शंकरपुर सक्रौलटोलका एक युवक खोलाले बगाएर बेपत्ता भएका छन र उनको अवस्था हालसम्म अज्ञात रहेको छ। शनिबार साँझ देखि बर्सात हुन् रोकिए संगै सर्लाहीको जनजीवन पनि सामान्य बनेको छ। बागमती नदिसहित अन्य नदीहरुमा क्रमिक रुपमा पानीको सतह कम हुँदै गईरहेको छ।