गोडैता – सर्लाहीमा पानीमा डुबेकाे अवस्थामा एक बालकको शव फेला परेको छ। जील्लाको बलरा नगरपालिका – ३, लक्ष्मीपुरमा स्थानिय १२ वर्षीय अंकित ठाकुरको शव फेला परेको हो।
प्रहरीका अनुसार बिगत चारदिन देखि बेपत्ता उनको शव आज (सोमबार) बिहान घरदेखि केहि दुरीमा जमेको पानीमा डुबेको अवस्थामा फेला परेको हो। पारिवारिक श्रोतका अनुसार उनि भारतस्थित आफ्ना आफन्तका घरमा जाने भनेर घरबाट निक्लेका थिए।
अहिले मृतक बालकको शव पानीको खाल्डोबाट निकालेर पोस्टमार्टकका लागि जील्ला सदरमुकाम मलंगवामा ल्याईएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।