सर्लाहीमा खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका किशोरको शव फेला

२०८१ आश्विन १५, मंगलवार ०६:२५
file image

गोडैता – सर्लाहीमा खोला तर्ने क्रममा बेपत्ता भएका किशोरको तीन दिनपछि शव फेला परेको छ।

गत शनिबार जील्लाको बागमती नगरपालिका-९, सक्रौल टोलमा सोति खोला तर्ने क्रममा खोलाले बगाएर स्थानिय सोगारथ महतोका १५ वर्षका छोरा मुकेश महतो बेपत्ता भएका थिए।

उनको शव सोमबार साँझ साेतिखाेलामै फेला परेको हो। प्रहरीले शनिबारदेखि नै निरन्तर रुपमा उनको खोजि कार्य गरि रहेको थियो तर शव सोमबार उनि जहाँबाट खोलामा खसेका थिए त्यहि ठाउँमा भेटिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार