गोडैता – सर्लाहीमा सर्पको टोकाईबाट महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जील्लाको बरहथवा नगरपालिका – ३, भगवतीपुर निवासी ३५ वर्षिया चित्ररेखा देवी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनलाई हिजो (सोमबार) बिहान घर अगाडी काम गर्ने क्रममा सर्पले टोकेको थियो। सर्पको टोकाईबाट घाइते भएकी देविलाई उपचारका लागि बरहथवासहित स्वास्थ्य केन्द्रमा लगेर सामान्य उपचारपछि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो।
उक्त उपचार केन्द्रमा पुर्याएर थप उपचार गर्दासमेत उनको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जनकपुरतर्फ लिंदै गर्दा उनको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ। औषधि गर्न ढिलाई गर्दा उनको मृत्यु भएको उपचार केन्द्रका चिकित्सकहरु बताउछन।