सर्लाहीको मलंगवाबाट बिल बिजक नभएको ३५ टन प्याँजसहित ट्रक नियन्त्रणमा

२०८१ आश्विन १५, मंगलवार ०७:२३

गोडैता – सर्लाही प्रहरीले बिल बिजक नभएको ३५ टन प्याँजसहित ट्रक नियन्त्रणमा लिएको छ। मंगलबार जील्ला सदरमुकाम मलंगवा नगरपालिका – ८ स्थित गोरखकाली सडकबाट जेएच ०२ बिएम २९८१ नम्बरको १६ चक्के ट्रक नियन्त्रणमा लिईएको हो।

भारतबाट नेपालतर्फ आउंदै गरेको उक्त ट्रक चेकजाँच गर्ने क्रममा बिल बिजक नभएको ३५ टन प्याँज र प्रज्ञापन पत्र साथमा नभेटिएपछि उक्त परिमाणको करिव अठाइस लाख बराबरको प्याँजसहित नियन्त्रणमा लीइएको जील्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

नियन्त्रणमा लिएको उक्त सामान, ट्रक रितपूर्वक बरामद गरि चालकसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जील्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा सूचना अधिकारि दिपक श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार