सर्लाही – पर्साको बिरगंजस्थित सिर्सिया नदीमा हाम फालेकी बाराकी एक बालिकाको शव दुई दिनपछि आज (मंगलबार) फेला परेको छ।
गत आईतबार बिहान बाराको प्रसौनी गाउँपलिका – २, खुटवा निवासी राधिका कुमारी दास उक्त नदीमा हाम फालेर बेपत्ता भएकी थिइन्।
उनको शव आज बिहान सोहि नदीको किनारमा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले शवको पोस्टमार्टमको तयारि भईरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाईएको छ।