गोडैता – सर्लाहीको पश्चिमी भेगस्थित बाढी प्रभावित क्षेत्र रामनगर गाउँपालिका-२, धुर्वामा बाढी प्रभावितलाई राहत बितरण गरिएको छ। गाउँपालिका अध्यक्ष राजाबाबु यादव र संविधानसभा सदस्य शिवपुजन रायको सक्रियतामा बाढी प्रभावितलाई आज (मंगलबार) दिउँसो राहत बितरण गरिएको हो।
केहि दिन अघि पिडित परिवारहरु र क्ष्यतीको बिबरण संकलन गरिएको थियो। आज तत्कालका लागि पिडितहरुलाई राहत वापत खाद्यन सामग्रीहरु बितरण गरिएको छ।
गत बिहिबारदेखि शनिबारसम्मको अविरल बर्षाका कारण रामनगरको यो बस्ति डुबानमा परेको छ। आज बर्षा रोकिएको दुई, तीन दिन हुँदा सम्म पनि बस्तीमा जम्मा भएको पानि सुक्न सकेको छैन।
बागमतीको बाँध भत्किएर सर्लाहीका बिशेष गरि बलरा, रामनगर र बसबरियाका विभिन्न बस्तिहरुमा बाढी पसेको थियो। बाढीले स्थानीयका भित्राउन तयारि अवस्थामा रहेका धान, उखुसहितका बालि नालीमा क्ष्यती पुर्याएको छ भने गाउँ अहिले पनि घरहरु पानीमा डुबेका छन्।