एभरेस्ट महिला भलिबल लिग: काठमाडौँ स्पाइकर्ससंग मधेश युनाइटेड पराजित

२०८१ आश्विन १७, बिहीबार १८:०३

सर्लाही – जारी एभरेस्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले मधेश युनाइटेडलाई पराजित गरेको छ ।

विहिबार सम्पन्न खेलमा काठमाडौँले मधेशलाई ३-१ को सेटमा पराजित गरेको हो । महिलो सेटमा मधेश युनाइटेडसँग २५-१५ ले पराजित भएको काठमाडौँले खेलमा कमब्याक गर्दै लगातार तीन सेट जितेको थियो । काठमाडौँले दोस्रो सेट २५-२३ मा जितेको थियो भने तेस्रो सेट २५-१५ र चौथो सेट २५-१८ ले जितेको थियो ।

यो जितपछि काठमाडौँको ४ खेलमा ९ अंक भएको छ र फाइनलको सम्भावना प्रबल रहेको छ । त्यस्तै मधेश युनाइटेडले भने लगातार चार खेलमा हार बेहोरेर फाइनलको दौडबाट बाहिरिएको छ । अब काठमाडौँले लिग चरणको अन्तिम खेलमा शुक्रबार कर्णाली यशविसको सामना गर्ने छ भने मधेशले गण्डकी थण्डर्सको सामना गर्ने छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार