
सर्लाही – यात्रुको सहजतालाई मध्यनजर गर्दै सर्लाहीका ६ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सर्लाही प्रहरीले चाडपर्वलाई लक्षित गरी जिल्लाका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको जील्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार जिल्लाका मलङ्गवा बसपार्क, नवलपुर बसपार्क, लालबन्दी ट्राफिक बिट, फूलजोर चोक, बरहथवा टिकट काउन्टर र ट्राफिक चेक पोष्ट कर्मैयामा गारो ६ वटा स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
यी यात्रु सहायता कक्षहरु चाड पर्वअवधिभरि संचालन हुनेछन भने, सवारीसाधनले लिने भाडा र शान्ति सुरक्षाका अन्य विषयमा कुनै गुनासो भए यात्रुले सहायता कक्षमा रहने सुरक्षाकर्मीसँग सहयोग लिन सक्ने बताईएको छ।