स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुई जना पक्राउ

२०८१ आश्विन १८, शुक्रबार ०६:४०

सर्लाही – महोत्तरीमा स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा जील्लाको एकडारा गाउँपालिका–४ का २३ वर्षीय ललित महरा र सम्सी गाउँपालिका–६ का ४२ वर्षीय शेष हसमत अली रहेका छन्।

प्रहरीले महरालाई हिजो (बिहिबार) ज७प ७६२८ नम्बरको मोटरसाइकलमा चढेर भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्लाकै मटिहानी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकबाट श्रोत नखुलेको रु १० लाखसहित पक्राउ गरेको हो।

यस्तै, हसमतलाई भने प्रहरीले बुधबार पक्राउ गरेको हो। प्र२–०२–००५प ५९९५ नम्बरको मोटरसाइकलमा करिव स्रोत नखुलेको रु १२ लाख रकम बोकेका उनलाई मनरासिश्वा नगरपालिका–२ भोल्ही चोकबाट प्रहरीले पक्राउ गरेको हो।

यी दुवै घटनाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जील्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार