हात्तीको आक्रमणबाट सर्लाहीका एक पुरुषको मृत्यु, भागेर ज्यान बचाए अर्का पुरुषले

२०८१ आश्विन १८, शुक्रबार ०९:११

सर्लाही – चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ ।

पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।

“खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ । सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो”, निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने । जग्दुका साथमा रहेका एक जना भने भागेर बाँच्न सफल भएको मगरले जानकारी दिए । – रासस

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार