सर्लाहीमा ४६ लाख बढीको सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा

२०८१ आश्विन १८, शुक्रबार १८:०८

सर्लाही – सर्लाही प्रहरीले छयालीस लाख रकम बढीको सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ। आज (शुक्रबार) जील्लाको बागमती नगरपालिका – १२, स्थित चेकपोष्टबाट सामानसहितको ट्रक नियन्त्रणमा लिइएको हो।

जील्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पर्साको बिरगंजबाट सर्लाहीको सदरमुकाम मलंगवातर्फ आउंदै गरेको ना ३ ख ७२५८ नम्बरको ट्रक उक्त चेकपोष्टमा चेकजाँच गर्ने क्रममा ट्रकमा रहेको रू.४६,७३,९६९ रकमको सामानको प्रज्ञापन पत्र नभएको पाईएपछि उक्त सामानसहित ट्रक नियन्त्रणमा लिइएको हो।

ट्रकमा ग्यास लाईटर, साईकलको पार्टस,कसमेटिक, मेडिसिन, चप्पल, किरानाका सामानहरु यसरि ल्याईएको थियो। उक्त नियन्त्रणमा लिइएको सामानसहित ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जील्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारि दिपक श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार