बाढीमा डुबेर मृत्यु भएका दुई किशोरको परिवारलाई बलरा नगरपालिकाको आर्थिक सहयोग

२०८१ आश्विन १८, शुक्रबार १९:२३

सर्लाही – बाढीमा डुबेर मृत्यु भएका दुई किशोरको परिवारलाई सर्लाहीको नगरपालिकाले आर्थिक सहयोग गरेको छ।

हालसालैको बर्सातले बागमती नदीको भलमा डुबेर मृत्यु भएका नगरपालिका-१, का पवन गिरी र सोहि नगरपालिका ३, का अङ्कित ठाकुरको परिवारलाई नगरपालिकाका नगरप्रमुख रामाशंकर कुशवाहाले आज जनही २५ हजार रुपियाँ हस्तान्तरण गरेका छन्।

पिडित परिवारलाई तत्काल राहत स्वरुप २५ हजार नगरपालिकाले आर्थिक सहयोग गरेको र दुवै पिडित परिवारलाई यो रकमसहित १ लाख रकम नगरपालिकाले राहत स्वरुप सहयोग गर्ने छ। बाँकि रकम आवश्यक प्रक्रिया पूरा गरी केही दिनभित्रै हस्तान्तरण गरिने नगर प्रमुख कुशवाहाले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार