सर्लाहीको गोनर्वामा नुहाउने क्रममा खोलामा डुबेर १२ बर्षिय बालकको मृत्यु

२०८१ आश्विन १८, शुक्रबार २१:५१

गोडैता – सर्लाहीमा नुहाउने क्रममा खोलामा डुबेर १२ बर्षिय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जील्लाको बसवरिया गाउँपालिका–४, गोनर्वा निवासी सुरेन्द्र भण्डारीका १२ बर्षिय छोरा चन्दन भण्डारी रहेका छन्।

जील्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज (शुक्रबार) सांझ चन्दनको घरदेखि करिव ५ समय मिटर पूर्वमा रहेको झाझ खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। खोलामा डुबेका उनलाई तत्काल उद्वार गरेर उपचारका लागि अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए।

अहिले मृतक बालकको शव पोस्टमार्टमका लागि जील्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जील्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार