
सर्लाही – हेटौंडाबाट आठ किलो सुनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र, सांगली जिल्लाका २५ वर्षका अभिषेक अजिनाथ कुटी र २७ वर्षका राहुल भिट्टीहाल बाड रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टस्थित पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटर जाँच गर्दा उक्त सुन फेला परेको हो।
बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार रूपैयाँ बराबरको रहेको प्रहरीको भनाई छ। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाईएको छ।