दुर्घटनामा प्रहरी जवानको मृत्यु

२०८१ आश्विन २१, सोमबार ०७:१०

सर्लाही – मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक आइतबार साँझ दुर्घटना हुँदा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ।

मृत्यु हुनेमा संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएर सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राई रहेका छन्।

मोरङ प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको उनि सवार मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर साँझ ६:४० बजेतिर दुर्घटना भएको हो।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइपुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाईएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार