चौथो अभ्यास खेलमा पनि क्यानडा एचपीविरुद्ध नेपालको जित

२०८१ आश्विन २३, बुधबार १०:५३

काठमाडौं – अनिलकुमार साहको अर्धशतकसँगै नेपालले ५० ओभरको अभ्यास खेलमा हाइप्रोफोमेन्स (एचपी)लाई पराजित गरेको छ।

मंगलबार राति सम्पन्न अन्तिम खेलमा २ विकेटको जित निकालेसँगै नेपालले सिरिज ३-१ ले आफ्नो पक्षमा पर्न सफल भएको हो । नेपालका क्यानडा ‘ए’ विरुद्धको यो लगातार तेस्रो जित हो । हाइप्रोफोमेन्स (एचपी)ले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ४६.२ ओभरमा आठ विकेट गुमाउँदै १९८ रन बनायो।

उक्त खेलमा कप्तानको भुमिका ओपनर आसिफ शेखले गरेका थिए, नियमित कप्तान रोहितकुमार पौडेललाई भने आराम दिइएको थियो। नेपाली टोली अब क्यानडाबाटै अमेरिका प्रस्थान गर्ने छ । अमेरिकामा नेपालले टी-२० र आइसिसी विश्वकप लिग-२ सिरिज खेल्नेछ ।

जसअन्तर्गत नेपालले टी-२० श्रृंखलामा १७, १९ र २० अक्टोबरमा अमेरिकाको सानमा गर्ने छ । त्यसपछि नेपालले लिग-२ मा अमेरिका र स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ । उक्त सिरिजमा नेपालले २७ अक्टोबर र २ नोभेम्बरमा अमेरिका तथा २९ अक्टोबर र ४ नोभेम्बरमा स्कटल्याण्डसँग खेल्ने छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार