भ्रामक समाचारप्रति गोडैता नगरपालिकाको ध्यानाकर्षण – बिज्ञप्ति

२०८१ आश्विन २३, बुधबार १४:४५

सर्लाही – ‘पालिकाका कर्मचारी र लाभग्राहीले चाडपर्वमा पनि पाएनन् तलबभत्ता‘ शिर्षकको समाचार भ्रामक रहेको र उक्त समाचारप्रति नगरपालिकाको ध्यानाकर्षण भएको सर्लाहीको गोडैता नगरपालिकाले जनाएको छ।

आज (बुधबार) एक बिज्ञप्ति निकाल्दै ‘पालिकामा कार्यरत कर्मचारीहरुको तलव, भत्ता, निकासा नभएको भनि बिभिन्न मिडियाहरुमा भ्रामक समाचार आएकोप्रति नगरपालिकाको ध्यानाकर्षण भएको र सो सम्बन्धमा २०८१ सावनदेखि असोज महिनासम्मको तलव, दशैँ खर्च, एवं जनप्रतिनिधिहरुको सेवा सुबिधा बैंक दाखिला भईसकेको जानकारी दिइएको छ।’

गत सोमबार ‘सर्लाहीका सात पालिकाका लाभग्राही र कर्मचारीहरुले तलवभत्ता नपाएको‘ शिर्षकमा रास्ट्रिय समाचार समिति (रासस) मा र त्यसपछि अन्य मिडियाहरुमा उक्त समाचार प्रकाशन भएको थियो। समाचारमा उदाहरणका लागि केहि नगरपालिकाका कर्मचारीहरु र सामाजिक सुरक्षाभत्ता लाभग्राहीको नामसहित गुनासोसमेत जोडिएको छ।

यो हेर्नुहोस नगरपालिकाले जारि गरेको बिज्ञप्ति :

May be an image of text

सम्बन्धित खबर :

– गोडैता नगरपालिकासहित सात पालिकाका कर्मचारी र लाभग्राहीले चाडपर्वमा पनि पाएनन् तलबभत्ता

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार