
सर्लाही – रौतहटमा मोटर चलाएर लुगा धुने क्रममा करेन्ट लागेर आमा छोराको मृत्यु भएको छ।
जील्लाको परोहा नगरपालिका–७ नरकटिया टोलमा हिजो (बुधबार) दिउँसो स्थानीय राजेश साहकी ३५ वर्षीय पत्नी ललिता देवी साह र १८ वर्षीय छोरा अर्जित साहको मोटर चलाएर लुगा धुने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
मंगलबार दिउँसो मोटर चलाएर लुगा धुने क्रममा उनीहरुलाई करेन्ट लागेको थियो, करेन्ट लागेर गम्भीर घाईते भएका उनीहरुलाई उपचारका लागि गौरस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो र सोहि अस्पतालमा मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो।