पर्सामा नहरमा मूर्ति सेलाउने क्रममा डुबेर एक किशोरको मृत्यु

२०८१ आश्विन २६, शनिबार १९:४५
सांकेतिक तस्बिर

सर्लाही – पर्साको डोकैला बहुअरीस्थितको नहरमा मूर्ति सेलाउने क्रममा बेपत्ता भएका किशोर मृत्त फेला परेका छन् । मृत्यु हुनेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुअरीका शीवचन्द महत्तो धानुकका छोरा १८ वर्षीय अजितकुमार महत्तो धानुक रहेका छन् ।

शनिबार दिउँसो डोकैला बहुअरीमा पर्ने बलिरामपुर गाउँ नजिकको गण्डक नहरमा दुर्गा भवानीको मूर्ति सेलाउन साथीहरूसँगै नहरमा पसेका बेला डुबेर अजितको मृत्यु भएको हो । नहरमा डुबेका अजितलाई सँगै रहेका साथीहरूले उद्धार गरेर नहरबाहिर निकाले पनि उनको मृत्यु भइसकेको थियो ।

घटनास्थलमा प्रहरी पुगिसकेको र मृतकको शव पोस्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । – रासस

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार