सर्लाही – बारामा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जील्लाको जितपुर सिमरा उपमहानगरपालिका-१ सुकुम्बासी टोल बस्ने ३० वर्षीय रविन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार राति जील्लाको जितपुर सिमरा उपमहानगरपालिका-४ औराहा चोक नजिकै ना.७ त २९८४ नम्बरको ट्याक्टर र चौधरी सवार ना.३९ प ७९१० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई एलएस न्यूरो अस्पतालमा उपचारका लागि लगिएकामा सोहि अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको हो।
सोहि दुर्घटनामा मोटरसाईकलमा सवार अर्का एक व्यक्ति घाईते भएका छन् र उनको अहिले एलएस न्यूरो अस्पताल मै उपचार भईरहेको छ। यता, ट्याक्टर चालक भने घटनापछि फरार भएको र उनको तिब्र खोजि भईरहेको जील्ला प्रहरी कार्यालय बाराले जनाएको छ।