मधेस प्रदेश स्तरीय यु-१९ क्रिकेट छनौट प्रतियोगिता: सिरहालाई ५ विकेटले पराजित गर्दै पर्सा विजयी

२०८१ आश्विन २७, आईतवार १७:५२

सर्लाही – मधेस प्रदेश स्तरीय यु-१९ क्रिकेट छनौट प्रतियोगिताको पर्सा विजयी भएको छ। बाराको कलैयामा जारी प्रतियोगितामा आइतबार भएको खेलमा पर्साले सिरहालाई ५ विकेटले पराजित गरेको हो। सिरहाले दिएको १०१ रनको लक्ष्य पर्साले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

उसका लागि शेख इमरानले ३८ , अनुज चौहानले २२ र सफवान अलीले अविजित १८ रन बनाए। बलिङतर्फ सिरहाका लागि अफरुदिन रैनले ३ तथा नुमाद अहमद र जय दासले समान १र१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिरहाले १७.३ ओभरमा अलआउट हुँदै १०० रनमात्र बनायो। उसका लागि शैलेन्द्र साहले ५४ र कमरुदिन सिद्धिकीले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ पर्साका लागि रन्जित कुमार एक्लैले ५ विकेट लिए भने चन्दन राम, अरबाज अन्सारी, अनुज चौहान र सोनु कुशवाहाले समान १/१ विकेट लिए। मधेस प्रदेश क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा प्रदेशका ८ वटै जिल्लाको टिम सहभागी छन्। असोज १९ देखि सुरु प्रतियोगिता असोज २९ गतेसम्म चल्ने पर्सा क्रिकेट संघका प्रशिक्षक प्रकाश शर्माले जानकारी दिए। – अन्नपूर्ण पोस्टबाट साभार

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार