एसपीको घुमुवा प्रहरी हुँ भनि धम्की दिँदै पैसा असुल्ने बैठा लागु औषधसहित पक्राउ

२०८१ आश्विन २८, सोमबार १०:५२

सर्लाही – रौतहटमा एसपीको घुमुवा प्रहरी हुँ भनि धम्की दिँदै पैसा असुल्ने एक जना पुरुष औषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा जील्लाको परोहा नगरपालिका – २, लालबकैया निवासी ३५ वर्षीय सुनिल कुमार बैठा रहेका छन्।

बैठालाई प्रहरीले बाटोमा बसी स्थानीय व्यापारीहरूलाई म एसपीको घुमुवा प्रहरी हुँ भनी धाक धम्की दिँदै पैसा असुल्दै गरेको भन्ने सूचनाका आधारमा आईतबार सांझ पक्राउ गरेको हो। बैठालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट लागु औषधसमेत बरामद भएको छ।

प्रहरीले उनको साथबाट २२ पोका गाँजा २०० ग्राम, नाइट्रोभेट ट्याब्लेट १० पिस, cocas DX-१ बोटल, मोबाइल थान १, नगद १७ हजार, ९३५रुपैयाँ र प्रदेश २-०३-०१९ प ९५३७ नम्बरको मोटरसाइकल बरामद गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार