सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु, ६ जना घाईते

२०८१ आश्विन २९, मंगलवार १३:५४
सांकेतिक तस्बिर

सर्लाही – सर्लाहीमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। सोमबार साँझ जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको हो।

जील्लाको बागमती नगरपालिका-१२ बथानेस्थित सडकमा एउटा मोटरसाईकलले ठक्कर दिंदा पैदलयात्री बागमती नगरपालिका-१२ बथानेस्थित सडकमा बथानेबाट बागमतीपुलतर्फ जाँदै गरेको प्र.२-०३००८ प ३८४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय कृष्ण मोक्तानको सोमबार बेलुकी मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बागमती मोडेल अस्पताल कर्मैया हुँदै एलएस न्यूरो बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, जिल्लाकै बसबरिया गाउँपालिका-६ पोखरीया टोलमा हिरापुरबाट मदनपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००१ स ३०३० नम्बरको अटो अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा अटोमा सवार कविलासी नगरपालिका-३ बस्ने ३९ वर्षीय भुव नारायण राय यादवको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मंलगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार