जील्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक यादव सम्मानित

२०८१ आश्विन २९, मंगलवार २२:१७

सर्लाही – जिल्ला प्रहरी कार्यालय सर्लाहीको महिला सेलमा कार्यरत प्रहरी नायब निरीक्षक सुवास यादव सम्मानित भएका छन्। ६९औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रममा प्रहरी नायब निरीक्षक यादव सम्मानित तथा पुरस्कृत भएका हुन्।

नेपाल प्रहरीको जिम्मेवार भित्र पर्ने महिला बालबालिका सम्बन्धिको अपराधको वस्तुनिष्ट, बैज्ञानिक र प्रभावकारी अनुसन्धान गरी अतुलनीय योगदान पुर्याएको भन्दै उनलाई “उत्कृष्ट महिला बालबालिका सम्बन्धि अपराध अनुसन्धानकर्ता” प्रहरी सम्मानित तथा पुरस्कृत गरिएको हो।

प्रहरी दिवसका अवसरमा विभिन्न बिदामा एसपी देखि जवान सम्म गरि जम्मा २६ जना प्रहरीलाई सम्मानित तथा पुरस्कृत गरिएको थियो। साथै नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्नुहुने अन्य ४६ जनालाई सम्बन्धित प्रदेश प्रहरी कार्यालयबाट कदरपत्र प्रदान गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार