
सर्लाही – रौतहटमा चोरीको मोटरसाईकलसहित सर्लाहीका एकसहित तीन जना पक्राउ परेका छन।
जील्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका १३ का १९ बर्षिय श्याम महतो, रौतहटको गढीमाई नगरपालिका ६ बखरी टोलका १९ बर्षीय धीरज साह र कटहरिया नगरपालिका ९ डुमरियाका २१ बर्षको मन्दिप भन्ने मन्दित यादव रहेका छन्। उनीहरुलाई प्रहरीले बिभिन्न मितिमा पक्राउ गरेको हो।
सर्लाहीका महतोलाई रौतहट प्रहरीले गत २२ गते माधोपुर बजारबाट पक्राउ गरेको हो। उनलाई माधव नारायण नगरपालिका ६ का श्यामबाबु यादवको चोरी भएको विआर एक्स ६५५८ नम्बरको अपाचे मोटरसाईकलसहित पक्राउ गरिएको हो। त्यस्तै, साहलाई गत २१ गते बिहान ७ बजे गढीमाई नगरपालिका ६ बखरी टोलका उनितेश साहको घरैबाट चोरी भएको प्रदेश ०३-०१९ प २६३१ नम्बरको स्प्लेन्डर प्लस मोटरसाईकल सहित पक्राउ गरिएको हो।
साथै, यादवलाई प्रहरीले गत २६ गते शुकादेव चौकबाट चोरी भएको यमुनामाई गाउँपालिका २ का अम्बिका यादवको विआर ३० ए एम १६४८ नम्बरको १२५ सिसिको पल्सर मोटरसाइकल सहित पक्राउ गरेको हो। मोटरसाईकलसहित पक्राउ परेका तिनै जना माथि चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको जील्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।