
सर्लाही – नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक माननीय फकिरा महतो, जिसस सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहासहितको टोली र भारतीय जनता पार्टीका संसदीय दलका नेता तथा विहार सरकारका उपमुख्यमन्त्री सम्राट चौधरी लगायतका नेताहरुसंग राजनीतिक भेटवार्ता भएको छ।
भारतीय जनता पार्टीका संसदीय दलका नेता तथा विहार सरकारका उपमुख्यमन्त्री सम्राट चौधरीको निमान्त्रणामा फकिरा महतोसहितको टोलि गत आईतबार विहार भ्रमणमा निक्लेको थियो। सोहि अनुसार हिजो (बुधबार) उनिहरुबिंच पटनास्थित उनीहरुकै कार्यकक्षमा भेटवार्ता भएको हो।

भेटवार्तामा नेपाल र भारतको सम्बन्ध, बिहार र मधेसको सम्बन्ध, बिशेष गरि सिमा क्षेत्रका बारेमा बिशेष छलफल भएको बताइएको छ। आफ्नो छलफल र उनिहरुबिंचको भेटवार्ताले देश र बिशेषगरि मधेस र बिहारको सम्बन्ध अझ प्रगाढ हुने बताईएको छ।