सर्लाहीमा एम्बुलेन्सको प्रयोग गरि अवैध सामानको तस्करी: चालक, मालिकसहित ३ जना पक्राउ

२०८१ कार्तिक १, बिहीबार २१:२७

सर्लाही – सर्लाहीमा एम्बुलेन्सको प्रयोग गरि अवैध सामानको तस्करी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाकै हरिवन नगरपालिका ११ का ३६ वर्षीय विक्रम आचार्य, सोही स्थानका ३६ वर्षीय मनोज रजक र ४३ वर्षीय छोटेलाल दास रहेका छन्।

उनीहरुलाई जिल्ला भन्सार कार्यालय मलङ्गवा र प्रस्तावित सुरक्षा गुल्म मलङ्गवाको संयुक्त टोलीले आज (बिहिबार) साँझ सीमा नजिकैबाट बिरामी बोक्न प्रयोग गरिने एम्बुलेन्समा अवैध समानहरुसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार उक्त एम्बुलेन्स भारतको सोनवर्षाबाट मलंगवातर्फ आईरहेको थियो सोहि क्रममा रोकी चेकजाँच गर्ने क्रममा उक्त अबैध सामानसहित नियन्त्रणमा लिइएको हो। एम्बुलेन्समा नेपाल परिवार नियोजन संघ सर्लाही शाखा मलङ्गवा लेखिएको छ भने, को १ च ५८९६ नम्बर छ।

पक्राउ परेका मध्ये आचार्य एम्बुलेन्सको चालक, रजक पटका मालिक र दास किराना सामानका मालिक रहेको पाईएको छ। प्रहरीले उनीहरुको साथबाट १४ प्रकारका पटका र ३४ प्रकारका किरानाका सामान बरामद गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार