
सर्लाही – रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि जनमत पार्टीले प्रतिक्रिया दिएको छ । सो पार्टीका अध्यक्ष सीके राउतले यो पक्राउलाई प्रतिशोध भनी टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, ‘ रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिनँ । यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुष्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो। यो पक्राउ राज्यद्वारा फ्रेमिङ्ग गरिएको हो ।’
राउतले आफूलाई पनि कानुनको दुरुपयोग गरी राज्यले पटकपटक पक्राउ गरेको स्मरण गर्दै राज्यले चाहेमा हिँडिरहेको र सुतिरहेको मान्छेलाई पनि थुन्न सक्ने उल्लेख गरेका छन् । राउतले लामिछाने यो प्रकरणबाट सफलतापूर्वक बाहिर निस्किने विश्वास पनि व्यक्त गरेका छन् ।