सभापति लामिछाने पक्राउको विरोधमा रास्वपा समर्थकद्वारा सर्लाहीमा बिरोध प्रदर्शन

२०८१ कार्तिक ३, शनिबार १९:०३

सर्लाही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा सर्लाहीमा विरोधमा प्रदर्शन गरिएको छ। आज (शनिबार) रास्वपाका नेता तथा कार्यकर्ताहरूले जील्ला सदरमुकाम मलंगवामा प्रदर्शन गरेका हुन्।

शनिबार दिउँसो सर्लाहीको सदरमुकाम मलंगवामा भेला भई रास्वपाका नेता, कार्यकर्ताहरूले नाराबाजी गर्दै जुलुस निकालेका रास्वपाका कार्यकर्ताहरुले ‘रवी दाई हाईहाई, भ्रष्टाचारी सरकार मुर्दावाद, राजनीतिक प्रतिशोध साध्न पाइँदैन, अधिनायकवाद चल्दैन, कानुनको गलत दुरुपयोग गर्न पाइँदैन’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार बेलुकी काठमाडौंबाट पक्राउ गरेर शुक्रबार राति नै पोखरा पुर्‍याएको छ। लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। उनि पक्राउको बिरोधमा बिरगंजमा आज सरकारको शव यात्रासमेत निकालिएको थियो। साथै देशभर आज रास्वपा समर्थकले बिरोध प्रदर्शन गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार