सर्लाहीमा गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ

२०८१ कार्तिक ६, मंगलवार १०:२६

सर्लाही – सर्लाहीबाट दुई जना भारतीय नागरिक गाँजासहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहारस्थित सीतामढीका २० वर्षीय शंकर राम र सोही ठाउँका ३३ वर्षीय अशोक साह रहेको सर्लाही प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुलाई जील्लाको लालबन्दी नगरपालिका वडा- ५ मेजरगन्जबाट हिंजो (सोमबार) साँझ पक्राउ गरिएको हो।

लालबन्दीबाट ईश्वपुरतर्फ जाँदै गरेको उनीहरु सवार बीआर ३० टी ४०२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलको सिटमुनि लुकाई राखेको अवस्थामा करिव ५ केजी ३४० ग्राम लागुऔषध गाँजा भेटिएपछि पक्राउ गरिएको हो।

सर्लाही जील्ला अदालतबाट ५ दिनको म्याद थपाएर पक्राउ परेका दुबै जनामाथि अनुसन्धान अघि बढाईएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार