मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको टोलीद्वारा सर्लाहीमा दुई जना सडकमा आश्रित मानवको उद्धार

२०८१ कार्तिक ६, मंगलवार १०:५४

सर्लाही – मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको टोलीद्वारा सर्लाहीमा दुई जना सडक मानवको उद्धार गरिएको छ।

हिंजो (सोमबार) सर्लाही पुगेको मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको टोलीले जील्लाको बागमती र हरिवनबाट एक महिला र एक पुरुषको उद्वार गरेको हो। उद्वार गरिएका उनीहरुलाई जिल्लाकै हरिवनस्थित मानव सेवाश्रमा लगेर राखिएको छ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा जारि राखेको छ।

साथै, उक्त टोलीले यात्राको आज आठ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरेको छ। जसमा मधेस प्रदेशबाट ४० जना रहेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार