विद्यालय जाँदै गरेकी एक बालिकाको स्कुल बसले किच्दा मृत्यु, आक्रोशित स्थानीयले जलाए बस

२०८१ कार्तिक ६, मंगलवार १३:०८

सर्लाही – धनुषामा विद्यालय जाँदै गरेकी एक बालिकाको स्कुल बसले किच्दा मृत्यु भएको छ। मृत्यु हुनेमा जील्लाको धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी मण्डल रहेको धनुषा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान १० बजेतिर उनि बिद्यालय जाँदै गरेको समयमा सोहि ठाउँको नज्योती बोर्डिङ स्कुलको बा ३ प ९०६५ नम्बरको स्कुलको बसले ठक्कर दिंदा उनको मृत्यु भएको हो।

बसको ठक्करपछि बालिकालाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको र सोहि अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको हो। बालिकालाई ठक्कर दिने बस स्थानीयले आगजनी गरेर पूर्ण रुपमा जलाईदिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार