सर्लाही – भारतीय महिला ठग गिरोह रौतहटमा सक्रिय भएको पाइएपछि सचेत रहन जील्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ।
जील्ला प्रहरी कार्यालय रौतहटका अनुसार जील्लाको गौर नगरक्षेत्रमा सोझा सिधा महिलालाई विभिन्न प्रलोभन देखाएर नगदसहित घरमा रहेका बिभिन्न सामानहरु माग्ने र एक दिन पछि त्यसको दुई भाग दिने भन्दै ठग्ने गरेको पाईएको छ।

त्यसरी ठगि गर्ने गिरोहमा ४,५ जना महिलाहरु रहेको प्रहरीले जनाएको छ। साथै प्रहरीले प्रलोभन दिने ठग महिला पुरुषको गिरोह देखा परेमा जिल्ला प्रहरी कार्यालय रौतहटको कन्ट्रोल नम्वर १०० वा ९८५५०४०९९९ फोन गरी जानकारी दिन आग्रह गरेको छ।





