गढीमाई पञ्चवर्षीय मेला मंसिर १७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने

२०८१ कार्तिक ७, बुधबार ११:२१

सर्लाही – गढीमाई पञ्चवर्षीय मेला मंसिर १७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने भएको छ। बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियापुरमा रहेको गढीमाईमा पञ्चवर्षीय मेला हुन लागेको हो।

दसैंको घटस्थापनाका दिन पूजा गरेसँगै मेला सुरू भएको मानिन्छ। मेलाको शुभारम्भ आउँदो मंसिर १७ गते हुने, विशेष पूजा मंसिर २३ गतेदेखि २५ गतेसम्म हुने र मेला विसर्जन मंसिर ३० गते हुने आयोजक समितिले जनाएको छ।

यहाँ मंशिर शुक्ल पक्ष सप्तरी तिथिका दिन विधिपूर्वक विशेष पूजा गरी बली दिने परम्परा छ। गढीमाईमा विशेष पूजाका लागि पाँच सय रुपैयाँ शुल्क तोकिएको छ। यो शुल्कबाट पूजारी राख्ने र सरसफाइलगायत कार्य व्यवस्थापन गरिने समितिको भनाइ छ।

मेलामा आउने भक्तजनका लागि सुरक्षा व्यवस्थासमेत मिलाइएको समितिको भनाइ छ। चोक-चोकमा प्रहरी र गस्तीको व्यवस्था मिलाइएको छ। गढीमाई मन्दिर स्थापनादेखि नै यहाँ चौधरी समुदायका मूल पूजारी रहने व्यवस्था छ। अहिले मूल पूजारी शिव चौधरी छन्। – from setopati

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार