रौतहटमा विद्युतीय तारबाट करेन्ट लागेर एक महिलाको मृत्यु

२०८१ कार्तिक ७, बुधबार ११:५२
सांकेतिक तस्बिर

सर्लाही – रौतहटमा विद्युतीय तारबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जील्लाको माधवनारायण नगरपालिका ९ का विजय सहनीका श्रीमती २४ वर्षीय रिङकु देवी सहनी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरु जील्लाको गढीमाई नगरपालिका ७ धनहारी गाउँमा लागेको महाबिरी झन्डा मेलामा कस्मेटिक पसल गरी बसेका थिए। सोहि समयमा खेतमा राखेको आफनै ठेला ल्याउने क्रममा मेलामा जडान गरी ल्याएको विद्युतीय तारबाट उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेपछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बेटर नेपाल मल्टी स्पेस्लिटी अस्पताल गौरमा लगिएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेको र घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार