सर्लाहीकी एक महिला काठमाडौँमा अपहरणमा परिन, अपहरणकारीले मागे १६ लाख फिरौती

२०८१ कार्तिक ७, बुधबार १७:३९
सांकेतिक तस्बिर

सर्लाही – काठमाडौँको कोटेश्वरबाट अपहरणमा परेकी महिलाको उद्धारका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाको विषेश टोली परिचालन भएको छ ।

अपहरणमा परेर बन्धक बनाइएकी महिला सर्लाही घर भई काठमाडौँको कोटेश्वरमा बस्दै आएको खुलेको छ । उनले प्रहरीलाई दिएको जानकारी अनुसार उनी गर्भवती छिन् ।

लेनदेन विवाद नमिलेपछि ति महिलालाई अपहरण गरेर एक घरमा बन्धक बनाइ राखिएको सूचना आएको प्रहरीले जनाएको छ । उनलाई बन्धक बनााउनेले १६ लाख रुपैयाँ माग गरेका छन् । – सिधाकुरा डटकमबाट साभार

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार