सर्लाही – उपराष्ट्रपति रामसहायप्रसाद यादवको हर्नियाको शल्यक्रिया सफल भएको छ । यादव शल्यक्रियाका लागि हिँजो (मंगलबार) त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
यादवको आज (बुधबार) वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा.डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शल्यक्रिया गरेको र अहिले यादवको स्वास्थ्य अवस्थामा सामान्य रहेको र शुक्रबारसम्म डिस्चार्ज गर्ने तयारी रहेको बताईएको छ।






