गोडैता – सर्लाहीमा ठुलो परिमाणको अबैध लागु औषधसहित चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जील्लाको बलरा नगरपालिका-३, का २७ बर्षिय मुनिल राम, सोहि ठाउँ निवासी सोनु यादव, जिल्लाकै बरहथवा नगरपालिका-७, का १९ बर्षिय अर्जुन साह र अर्का सोहि ठाउँका १६ बर्षिय एक युवक रहेका छन्। जसको नाम सर्लाही प्रहरीले खुलाएको छैन।
ईलाका प्रहरी कार्यालय बरहथवाका अनुसार उनीहरुलाई हिजो (बुधबार) बरहथवा नगरपालिका – ७, स्थित वरहथवा-हिरापुर सडक खण्डबाट पक्राउ गरिएको हो।
सोहि ठाउँमा उनीहरु सवार एमएच ४७ एभि नम्बरको मोटरसाईकल र बिआर ३० एच १३१४ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा उनीहरुको साथमा अबैध लागु औषध भेटिएपछि पक्राउ गरिएको हो।
प्रहरीले उनीहरुको साथबाट अबैध लागु औषध नाईट्राभेट दश लेखिएको तीन हजार ट्यावलेट र Codiwell COUGH SYRUP लेखिएको १०० एम.एल.को १४० एक सय चालिस वोतल अबैध लागु औषध बरामद गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।