
सर्लाही – चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादव र एसपी भावेश रिमालको सरूवा भएको छ।
चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला प्रदर्शन र दहन हुँदा प्रशासनले हस्तक्षेप नगरेको भन्दै बुधबार गृह मन्त्रालयले उनीहरूको सरूवा गरेको हो।
गृह मन्त्रालयले यादवलाई मन्त्रालयमा र रिमाल मानव बेचबिखन अनुसन्धान ब्युरोमा तानिएको छ। चितवनमा प्रमुख जिल्ला अधिकारि यादवको ठाउँमा प्रकाश पौडेललाई र रिमालको ठाउँमा गौतम मिश्रलाई पठाइएको छ।