
सर्लाही – नेपाल प्रिमियर लिग (एनपीएल) मा न्यूजील्याण्डका ब्याटिंग अलराउण्डर जिम्मी निशाम जनकपुर बोल्टबाट खेल्ने भएका छन् ।
३४ बर्षिय ब्याटिंग अलराउण्डर निशामलाई जनकपुरले भित्र्याएको छ। अलराउन्डर जेम्सले न्युजिल्यान्डका लागि ७९ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९ सय ४४ रन बनाउनुका साथै ३९ विकेट लिएका छन् ।
अलराउन्डर नीशमले इन्डियन प्रिमियर लिग (आईपीएल), द हन्ड्रेड, बिग बाश लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग, बङ्गलादेश प्रिमियर लिग लगायतका चर्चित फ्रेन्चाइज लिग पनि खेलेका छन् ।
जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान आसिफ सेख रहेका छन् । नेपाल क्रिकेट सङ्घले आयोजना गर्ने आठ वटा टोली सहभागी एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुँदैछ ।