सर्लाही – सर्लाहीमा गाँजासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाकै हरिपुर नगरपालिका-१, का २२ बर्षिय सुलिन्द्र महतो कोइरी र बरहथवा नगरपालिका-९, का १६ बर्षिय चन्दन शर्मा लोहार रहेका छन्।
जील्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनीहरुलाई मलंगवा नगरपालिका-११, नवलपुर-मलंगवा सडकखण्ड स्थित चमेली माई र गम्हरियाको विचबाट बुधबार गाँजासहित पक्राउ गरिएको हो।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उक्त स्थानमा उनीहरु सवार प्रदेश २-०३-०२२ प ०७६१ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा करिव ५,५ केजीका दुई पोकामा लुकाई राखिएको १० केजी गाँजा भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो।
मोटरसाईकलको पछाडी सवार चन्दनले उक्त झोला बोकेका थिए। पक्राउ परेका उनीहरुलाई सर्लाही जील्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भईरहेको जील्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





