
सर्लाही – कञ्चनपुरमा एक दम्पति रगताम्मे अवस्थामा बिछ्यौनामा मृत भेटिएका छन। जील्लाको लालझाडी गाउँपालिका–१, विनाबारीमा स्थानीय ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीया कमला बिछ्यौनामा मृत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आज बिहान दुवै जना घरको बिछ्यौनामा रगताम्मे अवस्थामा मृत भेटिएको स्थानीयबाट खबर पाएको र अहिले टोलि घटनास्थलमा खटिएको छ।

मृतकको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको साथै घटनास्थलमा रगत नै रगत देखिएका कारण घटना शंकास्पद रहेको र घटनाका बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीले जानकारी दिए ।