सर्लाही – जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अमेरिकी युवा क्रिकेटर जोसुवा ट्रोम्पलाई अनुबन्ध गरेको छ ।
जनकपुर बोल्ट्सले आज सामाजिक संजालमा एक पोस्ट गर्दै अमेरिकी अलराउन्डर १९ वर्षीय ट्रोम्पलाई टिममा भित्र्याएको जानकारी दिएको हो ।

अमेरिकाको मेजर क्रिकेट लिगमा टेक्सास सुपर किंग्सबाट खेल्ने ट्रोम्प दक्षिण अफ्रिकाको जोहानेसवर्गमा जन्मेका हुन् । १६ वर्षको उमेरमा ट्रोम्प परिवारसहित अमेरिकाको टेक्सासमा बसाइँ सरेका हुन् ।





