अवैध चाँदीसहित दुई जना पक्राउ

२०८१ कार्तिक ९, शुक्रबार १४:३५

सर्लाही – बारामा अवैध चाँदीसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जील्लाको प्रसौनी गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष साह सोनार र बाराकै जितपुर सिमरा उपमहानगरपालिका–८ का २७ वर्षीय सुरेश महतो छन्।

सोनार ना. ५२ प. २५८४ र महतो ना.५५.प. ३९३२ नम्बरको मोटरसाइकलमा सवार भई पथलैयाबाट हेटौंडातर्फ जाँदै थिए। सोहि क्रममा अमलेखगञ्जमा रोकी चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १४ किलो अबैध चाँदी भेटिएपछि पक्राउ गरिएको हो।

प्रहरीका अनुसार सोनारको साथबाट ९ किलो र महतोको साथबाट ५ किलो चाँदी गरि १४ किलो अबैध चाँदी बरामद गरिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जील्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार